Like us!
Follow us!

ज्योति लाइफको आइपिओ भर्नुअघि जान्नै पर्ने कुराहरु (सम्पूर्ण जानकारी)

ज्योति लाइफको आइपिओ भर्नुअघि जान्नै पर्ने कुराहरु (सम्पूर्ण जानकारी)

लगानी खबर, काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे भाेलि फागुन २१ गते, शुक्रबारदेखि साधारण सेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्दैछ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

काे हाे बिक्री प्रबन्धक ?

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

कुनै पनि कम्पनीमा लगानी गर्नु भन्दा अगाडी उक्त कम्पनीकाे बारेमा सबै कुराहरू थाहा पाउनु जरूरी हुन्छ । तब मात्र हामी सुरक्षित लगानी गर्न सक्षम हुन्छाैँ । त्यसैले, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आइपिओ भर्नु अगाडी तलकाे भिडियाे मार्फत् एक चाेटी कम्पनीकाे विस्तृत विवरण अवस्य हेर्नुहाेला :

<

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।