लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।
संस्थाकाे ३.५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ९ सय ६६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य एक हजार रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
संस्थाकाे फागुन ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे नवाैँ वार्षिक साधारण सभा चैत्र ५ गते, बिहीबार, बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा संस्थाकाे पुस २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीकाे ३.५ प्रतिशत बोनस शेयर र ०.१८४२१ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे हाे ।
यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।