लगानी खबर, काठमाडौँ - नेपाल हाइड्रो डेभलपर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड १८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ५६.३३ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर ४ करोड ३३ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २६ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ६ करोड ११ लाख रूपैयाँ रहेकाे छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ १२४ रूपैयाँ रहेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।