Like us!
Follow us!

चितवनमा पहिलोपटक मोटर र्याली हुँदै

चितवनमा पहिलोपटक मोटर र्याली हुँदै

लगानी खबर, काठमाडौं - चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्याली हुने भएको छ । नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा ३ दिने मोटर र्याली गरिने भएको हो ।

आगामी चैत १५ देखि १७ गते सम्म चितवन मुक्तिनाथ मोटर र्याली हुने कार्यक्रमका संयोजक तथा  नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ का अध्यक्ष राजन पियाले जानकारी दिए । ‘र्‍यालीको मुख्य उद्देश्य  थला परेको नेपाली पर्यटन व्यवसायलाई अगाडि बढाउने हो’ अध्यक्ष पियाले भने,  ‘साथै सुरक्षित यात्रा र मोटर खेलको विकास प्रर्वद्धन सन्देश पनि हो ।’

त्यसैगरी, र्यालीका सहभागिहरुको निगरानीलाई विभिन्न ७ स्थानमा चेक प्वाईट राखिने आयोजकले जनाएको छ । तोकिएका चेकप्वाइन्टमा र्यारलीमा सहभागिले अतिरिक्त क्रियाकलामा सहभागि हुँदै अंक बटुल्नेछन्।  तोकिए अनुसारको सहभागिहरुले सवारी साधान चलाउनु पर्नेछ र तोकिएका कार्यभार पूरा पनि गर्नु पर्नेछ। भने सोही आधारमा उपाधी समेत दिईने उनले बताए ।

चितवनको भरतपुररबाट सुरु हुने र्याली मुग्लिन, पोखरा, बेनी, लेते, मार्फा, जोमसोम हुदै मुक्तिनाथमा पुग्नेछ । जान आउन गरेर ६ सय किलोमिटरको रयालीको तयारी समेत तीव्र पारेको उनले बताए ।

साथै कालीगण्डकी किनारमा मोटर स्पोर्टस् प्रतिस्पर्धाका विभिन्न खेल पनि समावेश गरिएको उनले बताए । र्यालीमा ३० वटा सवारी साधनमा १ सय जना सहभागी हुने आयोजकको दावी छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।