लगानी खबर, काठमाडौं – पछिल्लाे समय शेयर बजारमा लगानीकर्ताहरूकाे क्रेज बढीरहेकाे बेलामा थप एउटा कम्पनीले आइपिओ निष्कासन गर्ने भएकाे छ ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले आइपिओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिल लिमिटेडलाई नियुक्त गरेकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अकिंत दरमा ३५ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये, स्थानीय प्रभावित क्षेत्र ओखलढुङ्गाका बासिन्दाहरुलाई ८ लाख २ हजार ५ सय कित्ता छुट्याइएकाे छ र बाँकी सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे फागुन ६ गते, बिहीबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय,रविभवन, काठमाडाैँमा सम्पन्न भएकाे ११औं वार्षिक साधारण सभाले आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।