लगानी खबर, काठमाडाैं - सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएकाे छ ।
संस्थाले यसअघि ९.११ प्रतिशत बोनस शेयर र ०.४७९४८८७०४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकमा स्विकृतीकाे लागि पेश गरेकाेमा बैंककाे निर्देशन अनुसार संस्थाले नयाँ लाभांश प्रस्ताव गरेको हो ।
अब संस्थाले ८.१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने निर्णय गरेकाे छ ।
उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।