Like us!
Follow us!

निषेधाज्ञाको समयमा डिजिटल बैंकिंङ्गलाई प्राथमिकता दिन राष्ट्रबैंकको बैंकहरूलाई निर्देशन

निषेधाज्ञाको समयमा डिजिटल बैंकिंङ्गलाई प्राथमिकता दिन राष्ट्रबैंकको बैंकहरूलाई निर्देशन

लगानीखबर, काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्युनतम कर्मचारीबाट आधारभुत वित्तीय सेवा प्रदान गर्न निर्देशन दिएको छ। कठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागु भएसँग केन्द्रिय बैंकले न्युनतम शाखा खोली वित्तीय सेवा प्रदान गर्न निर्देशन दिएको हो। 

केन्द्रिय बैंकले निश्चित समयको लागि आलो पालो मिलाई आधारभुत बैकिङ्ग कारोबार गर्न निर्देशन दिएको छ। 

डिजिटल बैंकिंङ्गलाई बढी प्राथामिकता दिन आग्रह गरेको छ भने एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सो को निगरानी गर्न भनेको छ।

त्यस्तै अत्यावश्यक बस्तुको आपुर्ति सुनिश्चित गर्न ड्राफ्ट प्रतीतपत्र, ग्यारेन्टी जस्ता सञ्चालन गर्न निर्देशन दिएको छ भने खुल्ने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर वेबसाइटमा राख्न निर्देशन दिएको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।