Like us!
Follow us!

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ - बुधबार पनि सेयर बजारमा भारी गिरावट देखिएकाे छ ।

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६ मा पुगेकाे छ । नेप्से १.६० प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.१२ अंकले घटेर ४३६.८० मा पुगेको छ । कूल २१२ वटा कम्पनीकाे एक कराेड १३ लाख ९२ हजार १ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २५ करोड ४८ लाख ९ हजार १ सय ३५ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, घटेकाे बजारमा क्रमश: नेपाल टेलिकम, एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, शिखर लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

603f570d01825.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।