लगानी खबर, काठमाडौं - मल्टीपर्पस फाइनान्स कम्पनीले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक इच्छुक यस कम्पनीका संस्थापक सर्वसाधारण, कानुन बमोजिम योग्य संस्था वा कम्पनीले फागुन २८ गतेदेखि चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले आवेदन दिँदा सो भन्दा बढी कबुल गरि आवेदन दिनु पर्ने छ ।
आवेदन दिँदा न्युनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन् । उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले सिभिल क्यापिटल, फिनान्सको केन्द्रीय कार्यालय राजविराज, र सिभिल बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ तथा घोराही केन्द्र बाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।