Like us!
Follow us!

३ कम्पनीको हकप्रद पाइपलाइनमा, हेर्नुस् कुनको कति कित्ता ?

३ कम्पनीको हकप्रद पाइपलाइनमा, हेर्नुस् कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौँ - विभिन्न ३ वटा कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि उक्त कम्पनीहरुले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।

सेबोनमा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरू यस प्रकारका छन् :

१. अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड :

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न असोज २१ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

२. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड :

 कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५० को अनुपातमा ३० करोड रूपैयाँ बराबरकाे ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न पाैष २६ गते, आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । त्यसैगरी, बैंककाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

३. अपि पावर कम्पनी लिमिटेड

 अपि पावर कम्पनी लिमिटेडले पनि दोस्रो चरणको हकप्रद शेयर निष्कासन गर्न अनुमति माग्दै फागुन ९ गते, आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । त्यसैगरी, कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । यसअघि पहिलाे चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयरको १ : ०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयर)  को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।