Like us!
Follow us!

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर लमजुङ्ग बेसीशहरमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर लमजुङ्ग बेसीशहरमा

लगानीखबर, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले भाद्र १ गते सोमबारदेखि लमजुङ्ग, बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको ४१औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, को.ले. नि. का.लमजुङ्गका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रूपमा गरेका थिए । 

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । 

भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरू गरिएको बैंकले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।