Like us!
Follow us!

२०% लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा

२०% लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा

लगानी खबर, काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे फागुन १७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे उन्नाइसाैँ वार्षिक साधारण सभा .चैत्र ११ गते, बुधबार, अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603dc6bf457df.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।