नबिल बैंकले सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट खाताको बारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि एउटा भिडियो ल्याएको छ ।
यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो । नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हुँदै अहिलेको दिनसम्म आईपुग्दा बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने कुरा यस भिडियो मार्फत् देखाइएको छ ।
नबिल बैंकले बितेका दिनहरुमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथ पाउने अपेक्षा गरिएको छ । नबिल बैंकको ३६ वर्षको यात्रामा नबिल बैंकले लाखौंको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको छ ।
नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।
भिडियो हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।