लगानीखबर, काठमाडौं– डियरवाक ग्रुप लिमिटेडले पनि हकप्रद शेयर जारी गरेको छ । ग्रुपको ९ औँ वार्षिक साधारणसभाबाट १सय बराबर १० शेयरको अनुपातमा एक सय रुपैयाँ अंकित शेयर दुई लाख ४४ हजार ३७५ कित्ता हकप्रद साधारण शेयर विक्रि खुला गरेको हो ।
हकप्रद शेयरका लागि आवेदन बुझाउन भदौ १९ गतेदेखि असोज २२ गतेसम्म अवधि तोकेको छ । हकप्रद शेयर बराबरको रकम नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा गरि खरिद गर्न सकिनेछ ।
हकप्रद शेयरमा बैंक मार्फत बुझाउन नसक्ने शेयरधनिहरुले कम्पनीको रजिष्टार कार्यालयको ठेगानामा उक्त रकमको चेक अकाउन्ट पे लेखि कुरियरमार्फत समेत पठाउन सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।