लगानी खबर, काठमाडौं - लामाे समयपछी आज (साेमबार) सेयर बजारमा हरियाली छाएकाे छ ।
साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ मा पुगेकाे छ । नेप्से १.६४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.४७ अंकले बढेर ४५३.७५ मा पुगेको छ । कूल २०९ वटा कम्पनीकाे एक कराेड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८ सय ३१ रुपैयाँको कारोबार भएकाे छ ।
बढेको सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सर्वाधिक कारोबार गर्न सफल भएको छ ।
त्यसैगरी, क्रमशः शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआईसि एशिया बैंक लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेडले पनि सबैभन्दा बढी कारोबार गरेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।