Like us!
Follow us!

नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम घट्यो

नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम घट्यो

लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजारले उकालो यात्रा तय गरेको हो  । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार  आज नेप्से परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ बिन्दुमा पुगेको छ । नेप्से १.६४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.४७  अंकले बढेर ४५३.७५ मा पुगेको छ ।

कूल २०९ वटा कम्पनीकाे एक कराेड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६  हजार ८ सय ३१ रुपैयाँको कारोबार भएकाे छ । कारोबार रकममा भारी गिरावट आएको हो ।

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १३ उपसमूहहरुमा १३ वटै कम्पनीको सेयर बढेको छ ।

त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे ४४  कराेड ४८ लाख ५२ हजार रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे हाे ।

आजकाे सेयर तालिका हेर्नुहोस् :

603cb51f83c66.JPG 603cb52291782.JPG 603cb52669955.JPG 603cb52a4b372.JPG 603cb52a4d0b9.JPG 603cb52a9c177.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।