Like us!
Follow us!

१५ वटा कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

१५ वटा कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

लगानी खबर, काठमाडौं – विभिन्न १५ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये, एउटा कम्पनीकाे विशेष साधारण सभा र बाँकी १२ वटा कम्पनीकाे वार्षिक साधारण सभा रहेकाे छ ।

साधारण सभा हुन लागेकाे कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ :

१. राधी विद्युत कम्पनी लिमिटेड

राधी विद्युत कम्पनी लिमिटेडकाे माघ २६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा फागुन १९ गते, बुधबार हुनेछ । कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

२. फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे माघ २५ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा फागुन २१ गते शुक्रबार बिहान ११ बजेबाट सुरु  हुँदैछ । सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशतले बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश पारित गर्दैछ । सधारण सभा तथा लाभांश प्रयोजनका लागि संस्थाले फागुन ५ गते बुक क्लोज गरेको छ। त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे माघ २६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे  वार्षिक साधारण सभा १५औं र १६औं वार्षिक साधारण सभा फागुन २१ गते शुक्रबार, मेरो प्लानेट, नेपालगञ्जमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६  को वार्षिक प्रतिवेदन,  आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने, सञ्चालकहरूकाे पारिश्रमिक अनुमाेदन गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ । बैंकले साधारण सभा प्रयाेजनका लागि फागुन ५ गतेदेखि फागुन २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

४. नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे माघ १८ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँधाैँ वार्षिक साधारण सभा फागुन २२ गते, शनिबार हुनेछ । सभामा संस्थाकाे पाैष २४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. पाँचथर पावर कम्पनी लिमिटेड

पाँचथर पावर कम्पनी लिमिटेडकाे माघ २५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चौँथो र पाँचौ वार्षिक साधारण सभा फागुन २४ गते, साेमबार, होटल इम्पेरीयल, बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/ ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/ ७६ र २०७६/ ७७ को  लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

६. लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडकाे माघ २० गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे अठाराैँ वार्षिक साधारण सभा फागुन २५ गते काठमाडौंमा हुनेछ । सभामा कम्पनीकाे मंसिर १० गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड 

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २२औं वार्षिक साधारण सभा फागुन २५ गते, मंगलबार हुनेछ । सभामा संस्थाकाे पाैष २४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

८. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे माघ १६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा फागुन २८ गते, शुक्रबार,  ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।सभामा संस्थाकाे पाैष २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

 नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे फागुन ३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा चैत्र ५ गते, बिहीबार, क्रिक रिसोर्ट, धादिङमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे पाैष १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

१०. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे फागुन ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे नवाैँ वार्षिक साधारण सभा चैत्र ५ गते, बिहीबार, बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे पुस २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीकाे ३.५ प्रतिशत बोनस शेयर र ०.१८४२१ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे हाे । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन २० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

११. स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे फागुन ७ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे बार्हाैँ वार्षिक साधारण सभा फागुन २९ गते, शनिबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे मंसिर १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३.२७३ प्रतिशत बोनस शेयर र ०.६९८५७८९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १३.९७१५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १५ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

१२. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे फागुन १४ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभा चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे  पुस २० गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७.७६९  प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले गत आर्थिक वर्षकाे असार मसान्तसम्म कायम चुक्ता पूँजीकाे ३६.१ प्रतिशत बाेनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । तर, यस आर्थिक वर्षमा इन्स्याेरेन्सले हकप्रद जारी गरी चुक्ता पूँजी बढाइसकेका कारण हकप्रद शेयरपश्चातकाे चुक्ता पूँजीका आधारमा लाभांश २९.२३१ प्रतिशत हुन आएकाे हाे। यसका साथै, कम्पनीले सभाबाट हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्तावित बोनस सेयर पश्चात कामय हुने पुँजीको थप ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेकाे हाे । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि फागुन २६ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

१३. सिन्धु विकास बैंक लिमिटेड

सिन्धु विकास बैंक लिमिटेडकाे फागुन १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे एघाराैँ वार्षिक साधारण सभा चैत्र ९ गते, साेमबार आगन्तुक रिसाेर्ट, बनेपा, काभ्रेपलाञ्चाेक बिहान १०:३० बजेबाट सुरू हुनेछ । बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । त्यसैले बैंकका शेयरधनीहरूको हात खाली हुने बैंककाे छ । बैंककाे फागुन ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूका लागि  लाभांश वितरण नगर्ने  निर्णय गरेकाे हाे । बैंकले साधारण सभा प्रयाेजनका लागि फागुन २८ गते, शुक्रबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन २७ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

१४. सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चौथों वार्षिक साधारण सभा चैत १४ गते, शनिबार बन्दीपुरस्थित मस्र्याङ्दी रिभल भ्यु रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा संस्थाकाे माघ १७ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले फागुन २७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

१५. बैंक अफ काठमाडौँ लिमिटेड

बैंक अफ काठमाडौँ लिमिटेडकाे फागुन १६ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा चैत्र ३ गते, मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजेदेखि सुरू हुनेछ । विशेष साधारण सभामा बैंकले सर्वसाधारण शेयरधनी समूहकाे तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूकाे निर्वाचन गर्नेछ । यसका साथै, विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायहरूबाट कुनै थप/घट वा संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि रहेकाे छ । त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त फागुन २३ गतेदेखि चैत्र ३ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । तसर्थ फागुन २० गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।