Like us!
Follow us!

निषेधाज्ञामा पनि शेयर बजार खुल्ने !

निषेधाज्ञामा पनि शेयर बजार खुल्ने !

लगानीखबर, काठमाडौं– काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज भदौ ३ गते, बुधबार राती १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा गरिने भएको छ ।

निषेधाज्ञा गर्ने निर्णय भएसँगै शेयर बजार के हुन्छ भन्ने कुराको लगानीकर्ताहरूमा खुलदुली बढेको छ । 

यसअघि लकडाउन हुँदा शेयर बजार बन्द भएतापनि यस निषेधाज्ञामा भने  शेयर बजार खुल्ला रहने नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेको श्रोतले जानकारी दिएको छ ।

निषेधाज्ञा अवधिभर अनलाइन कारोबारलाई प्रोत्साहन गर्दै शेयर बजार खुल्ला गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताएका छन् ।

हालसम्म दोस्रो बजारमा अनलाइनबाट कारोबार गर्न लगभग ६० हजार लगानीकर्ताहरू आवद्ध भइसकेका छन् भने ७ लाखभन्दा बढी लगानीकर्ताहरुले मेरो शेयर खाता खोलिसकेका छन् । 

जसले गर्दा पनि अनलाइन कारोबारलाई प्रोत्साहन गर्न सहज भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।