Like us!
Follow us!

एनआईसी एशिया बैंकले ल्यायो २५ हजार कित्ता शेयर लिलामीमा

एनआईसी एशिया बैंकले ल्यायो २५ हजार कित्ता शेयर लिलामीमा

लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे शेयर आज (फागुन १७ गते, साेमबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।

बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २५ हजार कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।

मूल्य कति ?

उक्त शेयरकाे न्युनतम मूल्य ४९२ रूपैयाँ ताेकिएकाे छ । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आज (फागुन १७ गते, साेमबार) बाट फागुन २३ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603c7e4a648a3.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।