Like us!
Follow us!

एनसिसि बैंकको सेयर बिक्रीमा !

एनसिसि बैंकको सेयर बिक्रीमा !

लगानी खबर, काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक  लिमिटेडले संस्थापक समूहका केहि सेयरहरू बिक्री गर्ने भएको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १३ लाख ६४ हजार ६०४ कित्ता सेयर बिक्री गर्न लागेको हो । 

संस्थापक समूहको सेयरहरू बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान गरेको हुनाले उक्त सेयरहरू खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । 

साथै सूचनाको म्यादभित्र संस्थापक सेयरधनीबाट उल्लेखित सेयर खरिदा गर्न कुनै प्रस्ताव नआएको अवस्थामा प्रस्तावित/अन्य खरिदकर्तालाई उक्त संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने पनि बैंकले जनाएको छ । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

603c76fc2168f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।