लगानी खबर, काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयर बाँडफाँड गरेकाे छ ।
बैंकले १:१ अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने ८३२ जना शेयरधनीहरूलाई ६ लाख ३२ हजार ४ सय ३० कित्ता सेयर बैंककाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार फागुन १४ गते, शुक्रबार बाँडफाँड गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।
त्यसैगरी, आफ्नाे कायम हकभन्दा बढी सेयरका लागि दरखास्त आवृदकहरूलाई बाँडफाँडमा नपरेकाे हकप्रद बापतकाे रकम भाेलि (फागुन १८ गते, मंगलबार) बाट फिर्ता दिइनेछ ।
बैंककाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे थियाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।