Like us!
Follow us!

बैंक अफ काठमाडौँले डाक्याे विशेष साधारण सभा, बुकक्लोज कहिले ?

बैंक अफ काठमाडौँले डाक्याे विशेष साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - बैंक अफ काठमाडौँ लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे फागुन १६ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा चैत्र ३ गते, मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

विशेष साधारण सभामा बैंकले सर्वसाधारण शेयरधनी समूहकाे तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूकाे निर्वाचन गर्नेछ । यसका साथै, विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायहरूबाट कुनै थप/घट वा संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि रहेकाे छ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त फागुन २३ गतेदेखि चैत्र ३ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । तसर्थ फागुन २० गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।