Like us!
Follow us!

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार हुँदै

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार हुँदै

नेपाली कंग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । 

शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता जोशीको आइसियूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । 

झाले शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएको बताए । जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तर, पनि उनले आँखा भने खोलेका छैनन् । 

यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ । 

‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन ।’ डा. झाले भने–‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’ 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।