Like us!
Follow us!

यी हुन् आइतबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

यी हुन् आइतबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ - आइतबार शेयर बजारमा भारी गिरावट देखिएकाे छ ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ मा पुगेकाे छ । नेप्से ३.१२ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १४.५३  अंकले घटेर ४४७.२९ मा पुगेको छ । कूल २०७ वटा कम्पनीकाे एक कराेड ६० लाख १७ हजार ३ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, घटेकाे बजारमा क्रमश: शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड र प्रभु बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी :

603b635ef2db9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।