लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ ।
बैंकले लाभांश घाेषणा गरेकाे सूचना काराेबार समयमा नै नेप्सेमा पठाएकाे भन्दै धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम २२(१)(घ) मा भएकाे व्यवस्था बमाेजिम धिताेपत्र मूल्यमा प्रभाव पार्ने, सूचना, जानकारी तथा निर्णय सिर्जना भएकाे साेही दिन अथवा भाेलिपल्ट काराेबार खुल्नु अघि बुझाउनु पर्नेमा बैंकले उक्त व्यवस्था पालना नगरेकाे भन्दै काराेबार राेक्का गरेकाे छ ।
नेप्सेले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।
बैंकले यसअघि बैंककाे आज (फागुन १६ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको भन्दै सूचना पठाएकाे थियाे ।
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।