Like us!
Follow us!

समृद्धि फाइनान्सले पायो २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

समृद्धि फाइनान्सले पायो २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

लगानीखबर, काठमाडौं– समृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ । 

बोर्डले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको बीओके क्यापिटल मार्केटले गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।