Like us!
Follow us!

युनाईटेड इदी-मर्दी हाइड्रो नाफामा, प्रतिशेयर आम्दानी कति ?

युनाईटेड इदी-मर्दी हाइड्रो नाफामा, प्रतिशेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं –  युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार गत वर्ष एक करोड ६ लाख २८ हजार रुपैयाँ नोक्सानमा रहेकाे कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा २८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । 

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ७ करोड ५१ लाख ५५ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ६७.४६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर  ४ करोड ४८ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको थियाे । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ४२ करोड रुपैयाँ हुँदा जगेडा कोष भने ४ अर्ब २३ करोड रुपैयाँ ऋणात्मक रहेकाे छ ।  दाेश्राे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी एक रुपैयाँ ३६ पैसा पुगेको छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ ९१ पैसा पुगेकाे छ ।

कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमास​को वित्तीय विवरण यस प्रकारकाे छ :

603b37002dd58.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।