Like us!
Follow us!

एनसीसी बैंकको २५ लाख कित्ता लिलामी शेयर बाँडफाँड

एनसीसी बैंकको २५ लाख कित्ता लिलामी शेयर बाँडफाँड

लगानी खबर, काठमाडौँ -  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले फागुन २ गते, आइतबारबाट फागुन ९ गते, आइतबारसम्म लिलाम बढाबढ गरि बिक्री गरेकाे संस्थापक समूहकाे शेयर बाँडफाँड भएकाे छ ।

बैंकले न्युनतम मूल्य प्रति कित्ता १४० रूपैयाँमा २५ लाख कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरि बिक्री गरेकाे थियाे । साेही शेयर बैंकले फागुन १४ गते, शुक्रबार बाँडफाँड गरेकाे हाे । 

यसका साथै, बाँडफाँडमा नपरेका तथा आंशिक बाँडफाँडमा परेका बाेलपत्रदाताहरूकाे रकम भाेलि (फागुन १७ गते, साेमबार) देखि रकमान्तर गरिने बैंकले जनाएकाे छ ।

त्यसैगरी, उक्त शेयरकाे निष्कासन तथा बिक्री प्रबन्धककाे काम सनराइज क्यापिटल लिमिटेडले गरेकाे थियाे । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

603afe1617f04.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।