लगानीखबर, काठमाडौं– एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फन्डले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरिएको लाभांश इकाईधनीहरूकाे खातामा धमाधम पठाइरहेको छ ।
योजनाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका साउन २२ गतेसम्म कायम रहेका इकाईधनीहरूको बैंक खातामा जम्मा करसहित ८ दशमलव २५ प्रतिशत नगद लाभांश हिजाेबाट जम्मा गर्न सुरू गरेकाे हाे ।
त्यसैगरी, योजनाले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका इकाईधनीहरूलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे प्रतिफल प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।
हेर्नुहाेस् सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।