लगानी खबर, काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई बाेनस शेयर वितरणकाे लागि कर बापतकाे रकम जम्मा गर्न आग्रह गरेकाे छ ।
संस्थाले २०६७ साल मंसिर ३० गतेदेखि २०७७ साल पाैष १४ गतेसम्म शेयर खरिद गरी कायम भएका शेयरधनीहरूलाई संस्थाकाे पाैष २८ गते सम्पन्न नवाैँ वार्षिक साधारण सभाबाट पारित भएकाे ३० प्रतिशतका दरले बाेनस शेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेकाे हाे । शेयरधनीहरूले संस्थाकाे शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, काठमाडाैँ वा कुमारी बैंक लिमिटेडकाे कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरि कर बापतकाे रकम जम्मा गरी आफ्नाे बाेनस शेयर प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, संस्थाले बुकक्लाेजकाे समयमा शेयर राेक्का रहेका शेयरधनीहरूकाे बाेनस शेयर फुकुवापत्र प्राप्त भएपश्चात् मात्र खातामा पठाइने समेत जनाएकाे छ । हालसम्म आफ्नाे शेयर अभाैतिकीकरण नगरेका शेयरधनीहरूले आफ्नाे शेयर अभाैतिकीकरण गराएपछि मात्र बाेनस प्राप्त गर्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।