Like us!
Follow us!

फ्ल्योर हिमालयनले हकप्रद निष्कासन गर्ने

फ्ल्योर हिमालयनले हकप्रद निष्कासन गर्ने

लगानी खबर, काठमाडौँ - फ्ल्योर हिमालयन लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे पच्चिसाैँ वार्षिक साधारण सभा चैत्र ६ गते शुक्रबार, एन.पि.एल हाउस, कृष्णगल्ली, पाटन, ललितपुरमा जुम एप मार्फत् सञ्चालन हुनेछ ।

सभामा अघिल्लाे साधारण सभाबाट पारित भएकाे १:५ दरकाे हकप्रद शेयर निष्कासनको निर्णय पून पारीत गरिनेछ ।

त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6038b2b85cb60.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।