Like us!
Follow us!

तारागाउँ रिजेन्सीको १०% लाभांश आज पारित हुँदै

तारागाउँ रिजेन्सीको १०% लाभांश आज पारित हुँदै

लगानी खबर, काठमाडौं – तारागाउँ रिजेन्सी होटेल लिमिटेडकाे वार्षिक साधारण सभा आज (फागुन १४ गते, शुक्रबार) हुँदैछ ।

कम्पनीकाे पुस २३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २४औं वार्षिक साधारण सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, बौद्ध, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश (५ प्रतिशत करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।