Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्सेमा २ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयरमूल्य समायोजन भएको हाे ।

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ४२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ७ सय ७३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

603852169f927.jpg

त्यसैगरी, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २१ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ७ सय ४८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३ हजार ३ सय २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

6038520f885ad.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।