Like us!
Follow us!

सिटी एक्सप्रेसको सेवा अब ब्रुनईबाट पनि

सिटी एक्सप्रेसको सेवा अब ब्रुनईबाट पनि

लगानीखबर, काठमाडौं– ब्रुनईको ख्यातिप्राप्त SIAMMALI Remittance र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ  ।

ब्रुनईमा रहेका नेपालीहरूले SIAMMALI Remittance को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । 

यसैगरी, नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ८५०० भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको  जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र SIAMMALI Remittance को तर्फबाट निर्देशक एन. Pg. Hj. Seruji  bin Pg. Hj. Damitले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।