लगानी खबर, काठमाडौँ - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण शेयर (आइपिओ) काे बाँडफाँड आज (फागुन १४ गते, शुक्रबार) बाँडफाँड हुँदैछ । उक्त आइपीओकाे प्रि अलोटमेन्ट फागुन ११ गते, मंगलबार सम्पन्न भएकाे थियाे । आइपीओकाे बाँडफाँड हात्तिसारस्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बिहान ८ बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ ।
कम्पनीको आइपिओमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन परेको छ । यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३७ हजार ५०० जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनाकाे अर्थात् ९७.५ प्रतिशतको हात खाली हुनेछ । माग भन्दा धेरै आवेदन परेकोले उक्त आइपिओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।
संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।