Like us!
Follow us!

महिला लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँड हुँदै, ९७.५ प्रतिशतको हात खाली हुने पक्का

महिला लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँड हुँदै, ९७.५ प्रतिशतको हात खाली हुने पक्का

लगानी खबर, काठमाडौं - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण शेयर (आइपिओ) काे बाँडफाँड भाेलि फागुन १४ गते शुक्रबार हुँदैछ । उक्त आइपिओ हात्तिसार स्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बिहान ८ बजे बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । 

कम्पनीको आइपिओमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन  परेको छ । यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३७ हजार ५०० जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनाकाे अर्थात् ९७.५ प्रतिशतको हात खाली हुनेछ । माग भन्दा धेरै आवेदन परेकोले उक्त आइपिओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।

संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।