लगानी खबर, काठमाडौँ - बिहीबार शेयर बजारमा भारी गिरावट देखिएकाे छ ।
बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१३ मा पुगेकाे छ । नेप्से १.७३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.८१ मा पुगेको छ । कूल २०६ वटा कम्पनीकाे एक कराेड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४ सय १४ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, घटेकाे बजारमा क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, हिमालयन डिष्टीलरी कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र नेपाल पूनर्बीमा कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।
यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।