लगानी खबर, काठमाडौं - आज बुधबार सेयर बजारले उकालो यात्रा तय गरेको छ उतारचढावका बीच बजारले उकालो यात्रा तय गरेको हो । आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ ।
स्टकका अनुसार आज नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक २.४० अंकले बढेर ४७०.३४ बिन्दुमा पुगेको छ ।
नेप्सेको अनलाइन ट्रेडिङ सिस्टममा सपस्या देखिँदा केहि समय सेयर बजारमा समस्या देखिएको थियो । जसले गर्दा बजारमा उतारचढाव देखिएको थियो ।
त्यसैगरी, आज कारोबार भएका कुल २ सय ४ वटा कम्पनीको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बढेको सेयर बजारमा आईएमई जनरल इस्योरेन्स लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, नेपाल बैंक लिमिटेड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम-२, एनआईसी एशिया ग्रोथ फण्ड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, तारागाउँ रेजेन्सी होटल लिमिटेड, सिद्धार्थ इक्वीटि फण्ड र सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरुले सबैभन्दा नाफा कमाएका छन् ।
यी हुन् आज सर्वाधिक नाफा गर्ने १० कम्पनी :-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।