Like us!
Follow us!

दोहोरो अंकले बढ्यो शेयर बजार : ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार !

दोहोरो अंकले बढ्यो शेयर बजार : ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार !

लगानी खबर, काठमाडौँ -  आज (बुधबार) शेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ मा पुगेकाे छ । नेप्से ०.४३ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१४ अंकले बढेर ३८२.५७ मा पुगेको छ ।

कूल २०४ वटा कम्पनीकाे एक कारेड ७६ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज हाइड्राेपावर र अन्य बाहेकका १० वटा उपसमूहकाे शेयर बढेकाे छ ।

त्यसैगरी, बुधबार ३ वटा कम्पनीहरूकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे छ । बुधबार आइएमइ जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेड सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे हाे ।

हेराैँ आजकाे शेयर तालिका :

60361e0f7b1e3.jpg 60361e15d1821.jpg 60361e1c0e8b0.jpg 60361e2332428.jpg 60361e2a40fa1.jpg 60361e33b2b3d.jpg 60361e3a57728.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।