Like us!
Follow us!

नबिल इक्विटी फण्डको खुद सम्पत्ति मूल्य बढ्यो, शेयरमा लगानी कति ?

नबिल इक्विटी फण्डको खुद सम्पत्ति मूल्य बढ्यो, शेयरमा लगानी कति ?

लगानी खबर, काठमाडौं – नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले २०७७ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ९२ पैसा पुर्याएकाे छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा १ रुपैयाँ ५२ पैसाले धेरै हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ४० पैसा रहेकाे थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको शेयरमा गरेकाे लगानी एक अर्ब ५४ करोड ३ लाख ४ हजार ८३ रुपैयाँ पुगेकाे छ । उक्त लगानी पाैष मसान्तकाे तुलनामा १६.४७ प्रतिशतले धेरै हाे । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब ३२ करोड २४ लाख ६६ हजार ८ सय ७ रुपैयाँ लगानी गरेकाे थियाे ।  

त्यस्तै,  नबिल इक्विटी फण्डले विभिन्न प्रकारका ७० वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6036041a87805.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।