लगानी खबर, काठमाडौँ - आज (बुधबार) नेपाली शेयर बजारमा निफ्राकाे मूल्यले गर्दा हलचल मच्चिएकाे छ । जब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मूल्य शून्य देखायाे तब लगानीकर्ताहरू आत्तिन थाले ।
साेही विषयमा बाेल्दै नेप्सेले एक सूचना प्रकाशन गरेकाे छ । सिस्टममा प्राविधिक समस्या आएको हुनाले हाल बैंककाे शेयर काराेबार राेक्का गरिएकाे सूचनामा उल्लेख छ । निफ्राकाे शेयर काराेबार राेक्का गरिए पनि अन्य सूचीकृत कम्पनीहरूको कारोबार भने अन्य दिनको जस्तै रहेको छ ।
त्यसैगरी, अनलाइनको डिस्प्लेमा देखिएको तथ्याङ्कमा पनि केही गढबढ रहेकाे र त्यसकाे बारेमा कार्य भइरहेकाे पनि नेप्सेले जनाएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।