Like us!
Follow us!

भिड बढेपछि भृकुटीमण्डपको जुत्ताचप्पल मेला दुई सातालाई थप, ५० प्रतिशत छुटमा किन्ने मौका अझै

भिड बढेपछि भृकुटीमण्डपको जुत्ताचप्पल मेला दुई सातालाई थप, ५० प्रतिशत छुटमा किन्ने मौका अझै

लगानी खबर, काठमाडौं - फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले राजधानीको भृकुटीमण्डपमा गरिरहेको जुत्ता, चप्पल मेलाको अबधि दुई सातालाई बढाइएको छ ।

सर्वसाधारणको भिड बढ्दै गएकाले मेला अवधि बढाइएको विएिफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । मेलाको आकर्षक निकै बढेको छ, उनले भने, त्यसैले सबैले सुलभ मूल्यमा जुत्ताचप्पल किन्न पाउन भनेर मेलाको अवधि बढाएका छौं ।,,
सस्तोमा एउटै छानामुनी, नेपालका चर्चित ब्राण्डका जुत्ताचप्पल किन्ने अबसर पाएपछि  सर्वसाधारणको भिड बढेको छ । सस्तोमा जुत्ता चप्पल पाएपछि मेला हेर्न आएका चावहिलका सरोज नेपालले आफूलाइ बर्षभरिका लागि पुग्ने जुत्ताचप्पल किने । उनीजस्तै धेरै अबलोकनकर्ताको हातमा एकभन्दा बढी जोर जुत्ताचप्पल देखिन्थे ।

मेलामा ५० प्रतिशतसम्म छुट पाएपछि भृकुटीमण्डपको जुत्ताचप्पल व्यापार मेलामा सर्वसाधारणको भिड बढेको छ । भृकुटीमण्डप यतिखेर मेलामय भएको छ । मेलामा २ लाख जनाले अबलोकन गरिसकेको विएफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले जानकारी दिए ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिडका कारण सुस्ताएको बजारलाइ चलायनमान बनाउन आयोजना गरेको जुत्ताचप्पलको बृहत मेलामा सस्तोमा फुटवेयर किन्न पाउने भएपछि अवलोकन गर्न सर्वसाधारण ओइरिएको एसोसिएसनले जनाएको छ।
मेलामा नेपालका चर्चित जुत्ताचप्पल उत्पादक ब्रान्डहरु फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक९आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतको सहभागीता छ ।

एक्स्पोमो उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा खरीद गर्ने अवसर पाउने मेला संयोजक तथा फुटवेयर मेनुफेक्चरर एसोसिएसनका अध्यक्ष कृष्णकुमार फुयाल बताउँ छन् । मेलामा उपभोक्ताले २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने रोयल सुजका अध्यक्ष भिमलाल पौडेलले जानकारी दिए ।


लामो समयदेखि बजार जान नपाएका ग्राहकले एउटै छानामुनि नेपालका उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल छानेर खरिद गर्न पाउने भएका मेला एउटा राम्रो अबसर हुने विएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्याय बताउँछन् ।  
मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्म जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल उपलब्ध छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।