Like us!
Follow us!

नेपाल बङ्गलादेश बैंकले धमाधम पठाउँदै शेयरधनीको खातामा आकर्सक बोनस

नेपाल बङ्गलादेश बैंकले धमाधम पठाउँदै शेयरधनीको खातामा आकर्सक बोनस

लगानी खबर, काठमाडौं - नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर पठाइरहेको छ । । बैंककाे शेयर रजिष्ट्रार नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड रहेको छ । 

बैंकको गत पुस ७ गते सम्पन्न भएकाे २५औं वार्षिक साधारण सभाले पारित गरेकाे ५ प्रतिशत बाेनस शेयर गत मंसिर २६ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।

बैंक​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।