Like us!
Follow us!

महिला लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँड हुने, शेयर पाउने भाग्यमानी कति ?

महिला लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँड हुने, शेयर पाउने भाग्यमानी कति ?

लगानी खबर, काठमाडौँ - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आइपिओकाे बाँडफाँड फागुन १४ गते शुक्रबार हुने भएकाे छ । आइपिओकाे प्रि-अलोटमेण्ट हिजाे (फागुन ११ गते, मंगलबार) सम्पन्न भएको हुनाले शुक्रबार बाँडफाँड गर्न लागिएकाे निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । 

संस्थाकाे आइपिओमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन दिएका छन् । माग भन्दा धेरै आवेदन परेकाे हुनाले यस आइपिओ हात पार्न हम्मेहम्मे देखिन्छ । 

गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५०० जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार २ हजार ५ सय ४८ जना आवेदकहरूकाे हात खाली हुनेछ । 

संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।