Like us!
Follow us!

३ कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम मौका

३ कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडमाे स्वामित्वमा रहेको विभिन्न ३ वटा कम्पनीकाे संस्थापक समूहकाे लिलामी शेयर भर्ने आज (फागुन १२ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४ लाख ३६ हजार ३ सय ६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ६१ हजार २ सय कित्ता र मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ५ लाख ९८ हजार ५ सय ९८ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

कुनकाे मूल्य कति ?

१. आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड​ = ५२३

२. महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड​​ = ८१२

३. मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड​ = ४६३

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।