Like us!
Follow us!

राष्ट्र बैंकद्वारा सञ्चार नीति सार्वजनिक, के-के छन् व्यवस्था ?

राष्ट्र बैंकद्वारा सञ्चार नीति सार्वजनिक, के-के छन् व्यवस्था ?

लगानी खबर, काठमाडौँ -  नेपाल राष्ट्र बैंकले आज (फागुन ११ गते, मंगलबार) सूचना तथा सञ्चार नीति, २०७७ जारी गरेको छ ।

बैंकले सूचनाकाे हक संरक्षण गरी प्रत्येक सार्वजनिक निकायले नागरिककाे सूचनाकाे हककाे सम्मान र संरक्षण गर्नुपर्ने जिम्मेवारीलाई आत्मसाथ गर्दै सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढंगले सम्प्रेषण गर्ने उद्देश्यसहित सूचना तथा सञ्चार नीति, २०७७ जारी गरेको हाे ।

यस नीति अनुसार अब राष्ट्र बैंकले सूचनाको सम्प्रेषणका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजनबाहेक सामाजिक सञ्जाल पनि प्रयोग गर्ने भएकाे छ । सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गरिने भएकाे हाे । 

सूचना तथा सञ्चार नीति पढ्न यहाँ थिच्नुहाेस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।