Like us!
Follow us!

नेप्सेमा सानिमा लार्ज क्याप फन्ड सूचिकृत

नेप्सेमा सानिमा लार्ज क्याप फन्ड सूचिकृत

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) सानिमा लार्ज क्याप फन्डकाे १२ कराेड  इकाई सूचिकृत भएकाे छ ।

सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि माघ १५ गते, बिहीबारसम्म "सानिमा लार्ज क्याप फन्ड" नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे थियाे । 

निष्कासन अवधी भित्र माग गरेभन्दा अधिक इकाई खरिदको लागि आवेदन पर्न आएकोले प्रचलित कानून बमोजिम योजनाको आकारमा २० प्रतिशत थप गरि हुन आएको.१० रूपैयाँ अंकित दरको १२ करोड इकाईहरुमध्ये बाँडफाँड गरिएको थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।