लगानी खबर, काठमाडौँ - नबिल बैंक लिमिटेडकाे रिक्त रहेकाे सञ्चालक पदमा उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् ।
बैंककाे फागुन १० गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे संस्थापक शेयरधनीहरूकाे तर्फबाट रिक्त रहेकाे सञ्चालक पदमा उदय कृष्ण उपाध्यायलाई नियुक्त गरिएकाे बैंकले जानकारी दिएकाे छ ।
त्यसैगरी, बैंककाे साेही सञ्चालक समितिको बैठकमा उनले पदबहाली गरेका पनि बैंकले जनाएकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।