लगानी खबर, काठमाडौँ - आज मंगलबार कारोबार सुरु भएसँगै निफ्राको सेयर मूल्यमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । आज बैंकको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएको हो ।
प्रिओपन सेसन कारोबारमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतले वृद्धि भएर ६९३ पुगेको थिया भने नियमित कारोबारको प्रारम्भमा कम्पनीको सेयर मूल्य बढेर ७२६ रुपैयाँ पुगेको थियो ।
तर, बजारमा एकाएक आएको नकारात्मक प्रभावले समग्र सेयर बजार नै राताम्य हुँदा बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट ब्रेक लागेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।