Like us!
Follow us!

बरुण हाइड्रोको नाफामा गिरावट, कस्ता छन् अन्य सूचक ?

बरुण हाइड्रोको नाफामा गिरावट, कस्ता छन् अन्य सूचक ?

लगानी खबर, काठमाडौँ - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ८७ लाख ९३ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा  ६१.६१ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २ करोड २९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर ३ करोड ५८ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा  ३३.५३ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियाे । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ हुँदा जगेडा कोषमा एक कराेड १५ लाख रूपैयाँ रहेकाे छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६५ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ३३ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमास​को वित्तीय विवरण यस प्रकारकाे छ :

60349180dce53.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।